आपीएल : दिल्ली क्यापिटल्सको दोस्रो जित, चेन्नई सुपर किङ्स पराजित • Image Khabar Image Khabar


आपीएल : दिल्ली क्यापिटल्सको दोस्रो जित, चेन्नई सुपर किङ्स पराजित


Imagekhabar
१० आश्विन २०७७, शनिबार ०८:२३

आपीएल : दिल्ली क्यापिटल्सको दोस्रो जित, चेन्नई सुपर किङ्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ ।

गएराति भएको खेलमा दिल्लीले चेन्नेई चेन्नेई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

यता चेन्नेईको प्रतियोगितामा लगातार दोस्रो हार हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन बनायो ।

बलियो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।

शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए । पृथ्वी शाले ४३ बलमा ६४ रन प्रहार गरे ।

त्यसपछि विकेटकिपर व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐय्यरले पारि अघि बढाएका थिए । यी दुई खेलाडीका बीचमा ५८ रनको साझेदारी भएको थियो ।

जवाफमा चेन्नेईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रनमा रोकियो ।

मध्यम सुरुवात गरेको चेन्नेईले ३५ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर सेन वाट्सन १४ रनमा आउट भए । त्यसपछि ३४ रनमा चेन्नेईले दोस्रो विकेट गुमायो ।

उसका अर्का ओपनर मुरली विजय १० रनमा पेभेलियन फर्किए । अघिल्लो खेलमा अर्धशतक बनाएका फाप डुप्लिसिसले ४३ रन बनाए ।

तर रुतुराज मात्र पाँच रनमा आउट भए । टिमका कप्तान महेन्द्र सिंह धोनी १५ रनमा आउट भए । दिल्लीका लागि कागिसो राबाडाले तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्