पाँच ठाउँमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध • Image Khabar Image Khabar


पाँच ठाउँमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध


Imagekhabar
८ आश्विन २०७७, बिहीबार ०९:४९

पाँच ठाउँमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपुर । अविरल वर्षाका कारण नवलपुरको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहोन खाँडले जानकारी दिनुभयो ।

दाउन्नेमा ५ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहानैदेखि राजमार्गमा रोकिएका छन् ।

लगातार पानी परेका कारण पहिरो हटाउन समस्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्