Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


पूर्व सांसदहरुको चिन्ताः मुलुकमा शान्ति भंग हुने खतरा बढ्यो


0
Shares

काठमाडौं । पूर्व सांसदहरुले मुलुकमा हत्या, हिंसा बढ्दै गएकाले शान्ति भंग हुने खतरा बढ्दै गएको औल्याएका छन् ।

आज काठमाडौमा भएको पूर्व सांसद मञ्च नेपालको १९ औ साधरणसभामा पूर्व सांसदहरुले मुलुकमा राजनीतिक, धार्मिक, साँस्कृतिक द्वन्द्व निम्तिन सक्ने खतरा रहेको औल्याएका हुन् ।

पूर्व सांसद मञ्च नेपालका पुर्व अध्यक्ष तारानाथ रानाभाटले सरकारमा निरंकुश चरित्र हावी भएको भन्दै सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।

मुलुक दुर्भाग्यपुर्ण चरणमा प्रवेश गरेको भन्दै पुर्व सांसदहरुले गम्भिर अध्ययन गरेर सरकारलाई ठोस सल्लाह दिनु पर्ने बताए ।

संसदमा प्रस्तुत गरीएका सबै बिधेयक विवादमा परेका भन्दै उनले धर्म निरपेक्षतालाई संशोधन गर्नु पर्ने बताए ।

पूर्व सभामुख दमनाथ ढुंगानाले संविधानको रक्षा गर्नको दलहरुबीच एकता नदेखिएको बताए । उनले शान्ति प्रकृयाको काम टुंग्याउने सरकारको प्रमुख दायित्व भएको बताए । 

शान्ति प्रकृया नटुंगिए सम्म युद्ध समाप्त भएको नमानिने भएकाले सरकारलाई शान्ति प्रकृया टुंग्याउन सुझाव दिए । उनले राजनीतिक स्थाइत्व र परिर्वतन संस्थागत गर्नको लागि दलहरु गम्भिर नभएको आरोप पनि लगाए ।

पूर्व सभामुख ढुंगानाले अन्तराष्ट्रिय कठघरामा नेपाल परी सकेको भन्दै ठूला दलका ठूला नेतासमेत कमठघरामा पर्ने दावी गरे ।

संसदलाई प्रभावकारी बनाउन सांसदहरुले सभामुखलाई सहयोग गर्नु पर्ने उनको भनाई थियो थियो ।

संसदीय मर्यादा संसदमा नभएको भन्दै ढुंगानाले संसदभिबत्र सभामुखमाथि अपमान हुने गरेको, र सांसदहरुमा अध्ययन र बीचारशैली नभएको आरोप लगाए ।

पुर्व सासंदहरुले वर्तमान सांसद र पूर्व सांसदहरुबीचको समन्वय आवश्यक रहेको भन्दै अनुभव आदान प्रदानबाट मात्र समृद्ध नेपाल सम्भव हुनेमा जोड दिए ।