Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


तत्काल मन्त्रीमण्डल फेरिने संभावना छैनः मन्त्री खनाल


0
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबी गरेका छन् ।

रिपोर्टस क्लव प्रदेश नंबर ५ बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले आलोपालो मन्त्री हुने एकमुष्ठ सहमती भएपनि त्यसकोलागि ढाई बर्ष अभै बाँकी रहेको बताएका हुन् ।

मन्त्री खनालले पार्टीमा बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको बताए । पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताए ।

सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै उनले भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गरेका छन् ।