नारायणगढ-मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध • Image Khabar Image Khabar


नारायणगढ-मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध


Imagekhabar
७ आश्विन २०७७, बुधबार १८:१३

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

चितवन, असोज ७ । लगातारको झरीका कारण लेदो सहितको पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै अवरुद्ध भएको छ ।

पानी परिरहेकाले दिउसो साँढे ४ बजेदेखि झेरेको पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवलने जानकारी दिएको छ ।

सडक खण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेको हो ।

मौसम विभागले निरन्तर पानी पर्ने भनिरहेकाले उक्त सडकखण्ड भएर यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्