काठमाडौं, असार १६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बसिरहेको छ ।
संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा जारी बैठकमा सरकारका काम–कारबाही, संसदमा दर्ता विधेयक, पार्टीले सन्चालन गरेका गतिविधि, सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकको सुरुमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका एजेन्डाबारे जानकारी गराएका थिए ।
बैठकमा अहिले प्रधानमन्त्री ओलीले प्रस्तुत् गरेका एजेन्डामाथि सांसदहरुले सुझाव तथा आफ्नो राय प्रस्तुत् गरिरहेका छन् ।
सरकारका काम–कारबाही, पार्टी सन्चालन, विधेयक, नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा सांसदका कुरा सुन्ने गरी बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकमा प्रत्येक सांसदहरुले आफ्ना धारणा र सुझाव प्रस्तुत् गर्न पाउने व्यवस्था गरिएको छ ।
पछिल्लो समय सरकारका निर्णय, संसदमा दर्ता भएका विधेयक, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा पार्टीकै सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन बैठक डाकिएको हो ।
यसअघि बसेका संसदीय दलको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले निर्देशनमात्र दिने तर आफूहरुले धारणा राख्न नपाएको भन्दै सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्