काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेरका सम्बन्धमा मन्त्रीहरुसंग छलफल गर्न बैठक डाक्नुभएको बुझिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पनि आजै बस्दैछ ।
यसअघि हिजै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य छलफल भएको थियो । छलफल मन्त्रिपरिषद् पुनर्गठन को विषयमा नै केन्द्रीत रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्