Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


नेता खड्कालाई राष्ट्रिय सम्मान दिइने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता, व्यवसायी तथा समाजसेवी डम्बर खड्कालाई ब्लुरेन फाउडेसन नेपालले ‘राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ ।

संस्थाको बार्षिकउत्सवको अवसर पारेर असार २१ गते काठमाडौं राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक बृहत समारोहकाबीच राष्ट्रिय सम्मान दिन लागेको हो ।

उक्त अवसरमा बृद्धाश्रम र बैकुन्ठ मानन्धर खेलकुद नेपालको सहयोगार्थ ‘बुद्धबीर लामा नवौं गीतिमय साँझ’को पनि तयारी गरिएको आयोजक समितिका अध्यक्ष बीबी लामाले बताए ।

संस्थाले विभिन्न माध्यमबाट राष्ट्र र समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याउने सक्रिय व्यक्तिहरुलाई बर्षेनी सम्मान दिंदै आइरहेको छ ।

इलामलगायत विभिन्न जिल्लामा आर्थिक तथा सामाजिक योगदान पुर्‍याउँदै आएका खड्का नेवि संघका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस इलामका पूर्व कोषाध्यक्ष पनि हुन ।

कांग्रेसबाट प्रदेश सभा सदस्यको उम्मेदवार समेत भइसकेका खड्काले विरामी, असाहय, बृद्धाश्रम, मठ–मन्दिर, चर्च, गुम्बा, विद्यालय, खेलकुदलगायतका क्षेत्रमा करोडौं आर्थिक सहयोग गरिसकेका छन् ।

उनले सूर्योदय नगरपालिका क्षेत्रमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देशसहित बुद्धको विशाल मुर्ति निर्माण गर्ने मेघा प्रोजेक्ट अगाडी बढाउने उदघोष गरिसकेका छन् ।