प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित • Image Khabar Image Khabar


प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित


Imagekhabar
५ आश्विन २०७७, सोमबार ०७:४४

प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई २–० ले हराएको छ ।

गएराति चेल्सीको मैदानमा भएको खेलमा च्याम्पियन लिभरपुललाई विजयी गराउन दुबै गोल सादियो मानेले गरे ।

पहिलो हाफमै चेल्सीका डिफेन्डर क्रिश्चियनसन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो ।

हारसँगै चेल्सीलाई नयाँ सिजनको प्रिमियर लिगमा धक्का लाग्दा साविक विजेता लिभरपुलले दुई खेलमा लगातार दोस्रो जित हात पारेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्प्टनलाई ५–२ ले हरायो । टोटनह्यामको जितमा कोरियन खेलाडी हिउङ मिन सन एक्लैले ४ गोल गरे ।

गएराती लेष्टर सिटीले बर्न्लेमाथि ४–२ को जित निकाल्दा ब्राइटनले न्युकासल युनाईटेडलाई उसैको मैदानमा ३–० ले पाखा लगायो । इंग्लीश प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् ।

मध्यराती म्यान्चेस्टर सिटीले सिजनको पहिलो खेलमा वुल्भरह्याम्पटन वान्डरर्सको सामना गर्दा एस्टन भिल्ला र शेफिल्ड युनाईटेड भिड्नेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्