काठमाडौं, असार १५ । नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
आजको बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् ।
सांसद देवकोटाले देशका धेरै ठाउँका बासिन्दा खानेपानीको समस्या झेल्न बाध्य रहेको भन्दै विकास खर्च र पूँजीगत खर्चतर्फ ध्यान दिनु अत्यावश्यक रहेको बताइन् ।
राष्ट्रियसभामा विनियोजन विधेयक २०७६ अन्र्तगत विभिन्न मन्त्रालय शीर्षकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ ।









प्रतिक्रिया दिनुहोस्