काठमाडौं, असार १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अहिलेको अवस्थामा पार्टीको घोषित नीति ‘जनताको जनवाद’ नै हो भन्दै त्यसमा अनावश्यक विवाद गर्नु उचित नभएको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दा केपी शर्मा ओली र पुष्पकमल दाहलबीच भएको सहमति आफुलाई थाहा नभएको भन्दै उतिबेला जे सहमति भएको हो, त्यसै अनुसार सरकारको नेतृत्व गर्ने विषय पनि तय हुनुपर्ने बताए ।
गत पुस यता पार्टीको स्थायी कमीटी बैठक बस्न नसकेको भन्दै रावलले बैठक बसेर सरकारको समीक्षा गर्नुपर्ने बताए ।
मन्त्रिपरिषद पुनर्गठनको अधिकार प्रधानमन्त्रीलाई हुने भए पनि पार्टीमा छलफल हुनुपर्ने उनको धारणा थियो । उनले भारतीय फिल्म अवार्ड आइफाका लागि सरकारले १ अर्ब रुपैयाँ खर्च गर्न लागेको भन्दै उक्त रकम पर्यटन क्षेत्रमा लगाउनु उपयुक्त हुने बताए ।









प्रतिक्रिया दिनुहोस्