Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


भारतीय अभिनेत्री पायल घोषको मोदीसँग गुहार, फिल्म निर्माता कश्यप अनुरागले बलात्कार गरेको आरोप


0
Shares

payal ghos rape

काठमाडौं, असोज ४ । भारतीय अभिनेत्री पायल घोषले चलचित्र निर्माता कश्यप अनुरागले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् ।

पायल घोषले आफूमाथि अनुरागले गरेको अत्याचारमाथि छानबिन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नै गुहार मागेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अनुराग कश्यपले मलाई जबर्जस्ती गरे । नरेन्द्र मोदीजी तपाईंलाई मेरो अनुरोध छ– यिनीविरुद्ध कारबाही गर्नुस् र देशलाई थाहा होस् कि वास्तविकता के हो । मलाई थाहा छ कि यो भन्नु मेरालाई हानिकारक छ र मेरो सुरक्षामा खतरा छ । कृपया मलाई मद्दत गर्नुहोस् ।’

अनुराग कश्यपकै ट्विटरमा ट्याग गर्दै घोषले लगाएको आरोपमा अर्की अभिनेत्री कंगना रनौतले रिट्विट गर्दै ‘मिटु’मा ह्यासट्याग गरेर अनुरागलाई गिरफ्तार गर्न माग गर्दै लेखेकी छिन्, ‘हरेक आवाज महत्वपूर्ण अनुराग कश्यपलाई गिरफ्तार गरियोस् ।’

उता पायलको ट्विटलाई रिट्विट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले जानकारी माग्दै लेखेकी छिन्, ‘तपाईं मलाई आफ्नाबारे सबै कुरा पठाउन सक्नुहुनेछ । जसबाट मैलै सबै घटना जान्न सकूँ ।’

निर्माता अनुराग कश्यपले भने एकपछि अर्को चारवटा ट्विट गरेर आरोप झुठो भएको बताएका छन् ।