गोरखा, असार १५ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा धान दिवस मनाएका छन् ।
आइतबार गोरखाको पालुङटार नगरपालिका–१ र सफल मल्टिप्रपोज कृषि फर्मको आयोजनामा भएको कार्यक्रममा हलीका रुपमा उनले राष्ट्रिय धान दिवस मनाए ।
उनले धान रोप्नका लागि जोतिएको खेतमा दाँदे लगाएका थिए । केहीबेर उनले बाउसेको कामसमेत गरेका थिए ।

उपस्थित स्थानीयबासीले डा. बाबुराम भट्टराईको त्यो रुप ठ्याक्कै हलीसँग मिलेको प्रतिक्रिया दिए । उपस्थित एक महिलाले भनिन्, ‘हलीले गर्ने काम उहाँले दुरुस्तै गर्नुभयो ।’
डा. भट्टराईले परम्परागत रुपमा गोरु जोतेर रोपाईमा सघाए पनि कृषिको आधुनिकीकरण र व्यावसायिकरणमा जोड दिनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्