१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बार्यन म्युनिखले गर्‍यो गोलको बर्षा, एफसी शाल्के निराश


0
Shares

काठमाडौं । जर्मन बुण्डेस लिग फुटबलको नयाँ सिजनमा च्याम्पियन बार्यन म्युनिखले प्रभावशाली जित निकालेको छ ।

गएराति भएको लिगको पहिल खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ८–० ले पराजित गरेको छ ।

पहिलो हाफमा तीन गोल गरेको बार्यनले दोस्रो हाफमा थप पाँच गोल गरेको हो । म्युनिखको जितमा सर्ज ग्नाब्रीले ह्याट्रिक पूरा गरका छन ।

यस्तै १९ औँ मिनेटमा लियोन गोरेट्ज्काले र ३१ औँ मिनेटमा पेनाल्टी मार्फत रोर्बट लेवान्डोस्कीले गोल गरेका हुन ।

यस्तै, ६९ औँ मिनेटमा थोमस मुलर, ७१ औँ मिनेटमा लिरोय साने र ८१ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरेसंगै शाल्के फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो ।