सिन्धुली, असार १४ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म विनाअवरोध चल्ने बताएका छन् ।
शनिबार सिन्धुलीमा मदन भण्डारीको ६८औं जन्मजयन्ती कार्यक्रममा उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार आलोपालो चलाउने सहमति नभएको जिकिर गरे ।
उपप्रधानमन्त्री पोखरेलले निर्वाचन घोषणापत्रको आधारमा नै सरकारले काम गरिरहेको जिकिरसमेत गरे ।









प्रतिक्रिया दिनुहोस्