काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार असफल भएको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आज काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले कम्युनिष्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाएका हुन ।
उनले जनताले वर्तमान सरकारबाट मुक्ति चाहेकाले जनताले नै सरकार ढाल्ने बताए ।
सरकारले गरेका सबै काम विवादमा परेको भन्दै उनले सरकारलाई टिकाइराख्न जरुरी नभएको बताए ।
कार्यक्रममा सुनकोशी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, बालकलाकार आयुष केसीलगायतलाई सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्