झापामा पीसीआर परीक्षण प्रयोगशाला उद्घाटन • Image Khabar Image Khabar


झापामा पीसीआर परीक्षण प्रयोगशाला उद्घाटन


Imagekhabar
३१ भाद्र २०७७, बुधबार १८:११

झापामा पीसीआर परीक्षण प्रयोगशाला उद्घाटन

झापा, भदौ ३१ । झापाको कनकाई नगरपालिका–४ कोटिहोममा समुदायले तयार पारेको पीसीआर परीक्षण प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको छ ।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ल्यावको आज औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो ।

तर, कोरोनाको परीक्षण भने केही दिन अघिदेखि नै हुँदै आएको थियो ।

ल्यावमा एक दिनमा ३ सय नमूना परीक्षण गर्न सकिने ल्याबका माइक्रोबायोलोजिस्ट शान्तिराम पोखरेलले जानकारी गराउनुभयो ।

तर, कर्मचारी तथा प्राविधिकको व्यवस्था हुन सके एक दिनमा ४ सय जनाको परीक्षण हुनसक्ने पोखरेलको दाबी छ ।

यहाँ राखिएको मेसिनमा एक पटकमा ९६ जनाको स्वाव परीक्षण हुन्छ ।

सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीको अगुवाइमा ‘एकका लागि एक अभियान’ सञ्चालन गर्दै ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्