८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गण्डकीमा पानीजहाज चलाउन भारतको सुझाव


0
Shares

काठमाडौं, साउन १ । सरकारले अघि बढाएको महत्वाकांक्षी पानीजहाज परियोजनालाई साकार बनाउन भारतले गण्डकी नदीलाई प्राथमिकता दिएको छ ।

कोशीको तुलनामा गण्डकी उपयुक्त हुने भारतको ठहर छ ।

जल तथा ऊर्जा आयोगले भारतीय अधिकारीहरुसँग काठमाडौंमा गरेको छलफलका क्रममा भारतले गण्डकी उपयुक्त हुने सुझाएको हो ।

३ सय मेट्रिकटन हाराहारीको सामान बोक्ने पानीजहाज गण्डकीमा चलाउन सकिने सुझाव भारतीय पक्षले दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । –नेपाल समाचारपत्र दैनिकबाट