काठमाडौं, असार १३ । पेप्सीकोलाका ११ वर्षीय निसान खड्काको अपहरणपछि हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङ गत साउन २५ गते भक्तपुरको जंगलमा मारिए ।
प्रहरीले मुठभेडमा उनीहरु मारिएको बतायो जबकि स्थानीयले उनीहरुलाई डेराबाट पक्रिएर लगिएको दावी गरे । तामाङद्वयका अभिभावकले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए । एक वर्ष हुन लाग्दा पनि आयोगले अनुसन्धान टुंग्याएको छैन ।
घटनामा प्रहरीको भूमिका पुष्टि गर्न ब्यालेस्टिक विज्ञ जरुरी रहेको तर स्वदेशभित्र भएका विज्ञबाट परामर्श लिन नसकेको आयोगले बताउने गरेको छ ।
आयोगका सदस्य सुदीप पाठकले भने, ‘नेपालमा दुई जनामात्रै ब्यालेस्टिक विज्ञ भएको सूचना पायौं । दुईमध्ये एकजना देश बाहिर रहेको र अर्को एक जनाले समय निकाल्न नसकेकाले अनुसन्धान टुंगिएको छैन ।’
आयोगले शंकास्पद मुठभेड घटनामा थालेका अधिकांश अनुसन्धान अपूरा छन् । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्