नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, भदौ २ढ । नारायणगढ -मुग्लिन सडकखण्डको चोर खोलामा सोमबार दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको छ ।
पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताउनुभयो ।
पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका -६ अन्तर्गत पर्छ । रासस