सडकमा गुड्यो राजा वीरेन्द्रले चढ्ने जहाज, पुग्यो नारायणहिटी

काठमाडौं । राजा वीरेन्द्र चढ्ने गरेको नेपाली सेनाको जहाज शनिबार राति गुडाएर नारायणहिटी संग्रहालयमा लगिएको छ ।
एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज नेपाली सेनाले संग्रहालयमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएरै पुर्याएको हो ।
सेनाको सानो गाडी र क्रेनको सहायताले जहाज तिनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्याइएको थियो ।

लामो समयदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको जहाज गुडाएर लगिएको हो । राजा वीरेन्द्र तथा राजपरिवारका सदस्य यसमा सवार हुने गर्थे ।
सन् १९७१ डिसेम्बर ३१ मा पहिलो उडान भरेको जहाजलाई सन् १९७५ जनवरी २३ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमले खरिद गरेको हो ।
