Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


कैदीबन्दीलाई रिहा वा सजाय कम गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, भदौ २५ । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कारागारमा नाजुक अवस्थामा रहेका बालबालिका, गर्भवती, दूध खुवाइरहेको महिला तथा जटिल स्वास्थ्य समस्या भएका कैदीहरुलाई तत्काल छाड्ने वा सजाय कम वा छुट गर्ने निर्णय गर्न सरकारलाई आदेश दिएको हो ।

सरकारले संक्रमक रोग ऐन २०२० को दफा २ को अनुसार विशेष निर्णय गरेर कैदी बन्दी छाड्न वा उनीहरुको सजाय घटाउन सक्ने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

सर्वोच्चले २०७७ साउन १९ गते यस्तो दिएको आदेशको पूर्ण पाठ बिहीबार मात्र सार्वजनिक गरिएको हो ।