ब्याडमिन्टन खेल सामग्रीमा अनियमितता प्रकरणः प्रमाण जुटाउने काम अन्तिम चरणमा • Image Khabar Image Khabar


ब्याडमिन्टन खेल सामग्रीमा अनियमितता प्रकरणः प्रमाण जुटाउने काम अन्तिम चरणमा


इमेजखबर
२४ भाद्र २०७७, बुधबार १७:१७

ब्याडमिन्टन खेल सामग्रीमा अनियमितता प्रकरणः प्रमाण जुटाउने काम अन्तिम चरणमा

काठमाडौं, भदौ २४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा भएको अनियमितता छानबिनका लागि गठित उपसमितिले थप गरिएको समयभित्रै प्रतिवेदन बुझाउने बताएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित छानबिन उपसमितिको म्याद १५ दिन थप गरिएको थियो ।

संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा पूरा हुने बताउनुभयो ।

केही व्यक्तिहरुसँग छलफल गरेरमात्रै निष्कर्षमा पुग्न सकिने अवस्था नभएको र बयान लिनुपर्ने केही व्यक्तिहरु उपत्यकाबाहिर भएकाले समय लागेको उहाँको भनाइ छ ।

सहज वातावरण बनेपछि ताकिएको समयमा प्रतिवेदनमा बुझाउने संयोजक भट्टराईले बताउनुभयो ।

यसका अलावा उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुख कटानकोबारेमा पनि छानबिन गरिरहेको छ । यो विषयमा पनि छानबिन टोलीलाई जिम्मा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्