सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु • Image Khabar Image Khabar


सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु


इमेजखबर
२४ भाद्र २०७७, बुधबार १५:४७

सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु

सर्लाही, भदौ २४ । सर्लाहीमा खोलाले बगाएर बुधबार एकजनाको मृत्यु भएको छ ।

सर्लाहीको बरहथवास्थित लखन्देही खोलाले बगाएर कविलासी नगरपालिका–४, हेमपुरका ७० वर्षीय सियाराम रायको मृत्यु भएको हो ।

बरहथवा श्रीपुरस्थित खोला तर्नेक्रममा उनलाई खोलाले बगाएको बताइएको छ ।

रायको शव करिब ५०० मिटर तल किनारमा फेलापरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्