१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


विश्वमा सेतो दुवीबाट प्रभावितको संख्या २ प्रतिशत


0
Shares

काठमाडौं । ‘सेतो दुवी र जीवनको गुणस्तर’ भन्ने नाराका साथ आज विभिन्न चेतनामूलक कार्यक्रमसहित सेतो दुवी दिवस मनाइएको छ ।

दुवी रोगको उपचार गराउँदै आएको काठमाडौंको कटिज केयरले उपचार गरे सेतो दुवी निको हुन्छ भन्ने सन्देशसहित यो दिवस मनाएको छ ।

छाला रोग विशेषज्ञ डाक्टर धर्मेन्द्र कर्णले सेतो दुवी छालामा लाग्ने रोग भएकाले उपचार पद्धतीबाट निको हुने बताए ।

उनले विश्वमा सेतो दुवीबाट प्रभावितको संख्या २ प्रतिशत रहेको बताए ।

पछिल्लो समयमा यो दर ८ प्रतिशतले बढ्दै गएको भन्दै समयमै उपचार गरे निको हुने उनको भनाइ थियो ।

ओठ, आँखा, कम्मर, कुइँना, घुँडा र विशेषगरी शरीरका गोप्य अंगमा सेतो दुवी आउने गरेको चिकित्कसकको भनाइ छ ।