 
	    काठमाडौं, भदौ २१ । चरम अभावको समयमा समेत मल नल्याएको भन्दै कृषी मन्त्रालयले २ मल ठेकेदार कम्पनी विरुद्ध कानुनी कारबाहीको तयारी गरेको छ ।
कृषी सामाग्री कम्पनी लिमिटेडले सो कम्पनीहरुका कागजात अध्ययन गरिरहेको भन्दै यी कम्पनी विरुद्ध आवश्यक कानुनी कारबाहीको तयारी गरिरहेको जनाएको हो ।
कम्पनीले मल ल्याउनका लागी गत बैशाख दोस्रो साता २ नेपाली कम्पनीसँग सम्झौता गरेको थियो ।
सो सम्झौता अनुसार शनिबारसम्म मल आईपुग्नुपर्ने भएपनि मल नआएपछि सरकारले यी विरुद्ध कानुनी कारबाहीको तयारी गरेको हो ।
सार्वजनिक खरिद नियमावलीका आधारमा आवश्यक कानुनी कारबाहीको तयारी गरिएको कृषी सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।
यी कम्पनीले समयमै मल ल्याउन नसक्ने भएपछी सरकारले बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन पैँचो समेत मागेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्