
काठमाडौं । कोरोना भाइरसको महामारी र उपत्यकामा जारी निषेधाज्ञाका कारण धेरै मानिसहरु प्रभावित छन् ।
‘सेवा नै धर्म हो’ भन्दै केही मनकारी ब्यक्तिहरुले यही संकटको बेला आफ्नो उदारता प्रस्तुत गरिरहेका छन् ।
महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल(टिचिङ) अस्पताल परिसरमा रहेको साइ नाङग्लो फार्मेसीका सञ्चालक विक्रम भँडेल मनकारी ब्यक्तिमध्ये एक उदाहरण बनेका छन् ।
बिरामीका आफन्त आउन नसक्ने भएपछि अस्पतालका स्टाफ र बिरामीलाई दैनिक निःशुल्क खाना खुवाएर भँडेलले स्वाबासी बटुलिरहेका छन् ।
उनले एक सातादेखि दैनिक बिहान र बेलुका अस्पतालका स्टाफ र बिरामी गरेर दैनिक १०० जनाको हाराहारीमा ४० हजार रुपैयाँ खर्चमा खाना खुवाइरहेका छन् ।
अस्पतालले व्यवस्थापन गर्न नसक्ने भएपछि उनले आफ्नै खर्चमा खाना खुवाउन सुरु गरेको बताए । दुःख र संकटमा सानो सहयोग पनि हुने र आत्मसन्तुष्टी पनि मिल्ने भएकाले यस्तो कार्य गरेको उनको भनाइ छ ।
उनको यस्तो प्रशंसनीय र उदाहरणीय कार्य देखेर अस्पताल प्रशासन पनि खुसी छ । उनको यो कार्यमा सहयोग गर्न अस्पताल प्रशासनले अनुरोध गरेको छ ।

उनको दैनिकी पनि फेरिएको छ यतिबेला । उनी कहिले आपत परेकालाई निशुल्क औषधि वितरण गर्छन भने कहिले औषधि र डाक्टर लिएर विरामीको सेवामा पनि खटिन्छन् ।
गरिविको कारण उपचार गर्न नपाएकालाई निशुल्क उपचार गर्न पनि सघाइरहेका छन् ।
४२ बर्षीया बिक्रमको यस्तो उदाहरणीय काम देखेर अन्य ब्यक्तिहरुले सहयोग गरिरहेका छन् ।
भदौ १२ गते नेपाली सेनाले २० बोरा चामल २० बोरा, दाल २ बोरा, नुन १ बोरा, तेल २ कार्टुन, आलु २ बोरा, ज्वानो मेथी लगायतका खाद्य सामग्री सहयोग गरेको छ ।
नेपाली सेनाको तर्फबाट आगामी समयमा पनि निरन्तर सहयोग गर्ने बताएको छ ।
उनको अहिले दैनिक खाना खुवाउने तालिका नै तयार गरेका छन् । बिहान बिमारीको संख्या बुझेर १० बजेसम्म खाना तयार गर्ने र १०ः४५ देखि ११ः३० सम्म खाना खुवाउने तालिका छ ।
त्यसपछि दिउँसोको खाजा २ः४५ देखि ३ः३० सम्म खुवाउने र साँझको खाना ७ः३० देखि ८ः०० बजेसम्म खुवाइ सक्ने तालिका छ ।
हात्तिगौंडा घर भइ टिचिङ्ग रोडमा लक्ष्मणराज भडेलले सुरु गरेको औषधि व्यवसायलाई निरन्तरता विक्रमले समाजसेवामा पनि सक्रियता देखाएका हुन ।

प्रतिक्रिया दिनुहोस्