पोखराका १०, १२ र १३ वडा शुक्रबार राति १२ बजेदेखि ‘सिल’ • Image Khabar Image Khabar


पोखराका १०, १२ र १३ वडा शुक्रबार राति १२ बजेदेखि ‘सिल’


Imagekhabar
१९ भाद्र २०७७, शुक्रबार १८:५८

पोखराका १०, १२ र १३ वडा शुक्रबार राति १२ बजेदेखि ‘सिल’

पोखरा, भदौ १९ । कोरोना संक्रमणको दर उच्च रुपमा वृद्धि हुन थालेपछि पोखरा महानगरपालिकाका ३ वडा सिल हुने भएका छन् ।

शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी १०, १२ र १३ नंबर वडा सिल गर्न लागिएको हो ।

३ वटै वडाका वडाध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् ।

सिल गरिएका वडाभित्र खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न पाइने छ ।

साथै एम्बुलेन्स तथा अन्य अति आवश्यक क्रियाकलाप गर्न भने रोक लगाइने छैन ।

यस्ता सेवा सञ्चालन गर्दा सेनिटाइजर र मास्कको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायम गर्न वडाका वडाध्यक्षहरुले जारी गरेको विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्