नैकापमा करेन्ट लागेर २७ वर्षीय युवकको मृत्यु • Image Khabar Image Khabar


नैकापमा करेन्ट लागेर २७ वर्षीय युवकको मृत्यु


Imagekhabar
१९ भाद्र २०७७, शुक्रबार १७:४९

नैकापमा करेन्ट लागेर २७ वर्षीय युवकको मृत्यु

काठमाडौं, भदौ १९ । चन्द्रागिरि नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

नगरपालिका–१४ नैकापस्थित वडा कार्यालयको नजिक निर्माणाधीन युवा क्लबको भवनमा हाइटेन्शन लाइनबाट करेन्ट लागेर २७ वर्षीय सुरेन्द्र महर्जनको शुक्रबार बिहान मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले करेन्ट लागेर गम्भीर घाइते महर्जनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको जानकारी दिनुभयो ।

लाइनमुनि क्लबको भवन बनाइएको थियो ।

स्थानीयवासीले नगरपालिकाको असहमति भएपछि भवन निर्माण रोक्न पहल नगरेर दुर्घटना भएको भन्दै १४ वडाका अध्यक्ष रामहरि बस्नेतको घरमा ढुङ्गामुडा गरेका थिए ।

उक्त ढुङ्गामुडाबाट अध्यक्ष बस्नेतको घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्