कसको स्वार्थमा जनताले मल पाएनन् सरकारले जवाफ दिनुपर्छः डा. शेखर • Image Khabar Image Khabar


कसको स्वार्थमा जनताले मल पाएनन् सरकारले जवाफ दिनुपर्छः डा. शेखर


Imagekhabar
१८ भाद्र २०७७, बिहीबार १३:५१

कसको स्वार्थमा जनताले मल पाएनन् सरकारले जवाफ दिनुपर्छः डा. शेखर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कसको स्वार्थमा जनताले मल नपाएका हुन् त्यसको जवाफ सरकारले दिनुपर्ने बताउनुभएको छ ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले कृषि प्रधान देशमा जनता मल नपाएर भौतारिन पर्नु दुखद भएको बताउनुभयो ।

देशको मेरुदण्डको रुपमा रहेका किसानप्रति राज्यले यस्तो निर्लज्ज व्यवहार देखाउनु लाजमर्दो भएको उहाँको भनाइ छ ।

समयमै मल उपलब्ध नगराउँदा उत्पादनमा ह्रास आउने र आर्थिक अवस्थामा भयावह अवस्था आउने उहाँले चेतावनी दिनुभयो ।

धान रोपेर मल हाल्नुपर्ने किसानले धानमा बाला आउँदा समेत मल नपाएर भौतारिनु परेको समाचारपछि डा. शेखरको यस्तो भनाई आएको हो ।

प्रतिक्रिया दिनुहोस्