
काठमाडौं, असार ३२ । शिक्षण अस्पताल महाराजगन्जमा आजदेखि कलेजो प्रत्यारोपण सेवा शुरुवात भएको छ ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कलेजो प्रत्यारोपण सेवाकालागि निर्मित अत्याधुनिक कलेजो प्रत्यारोपण कक्षको एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
यादवले शिक्षण अस्पतालले सर्वसुलभ र गुणस्तरीय सेवा दिन सक्नुपर्नेमा जोड दिए ।
उनले उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि कलेजो प्रत्यारोपणबाट गरिने बताए ।
शिक्षण अस्पतालको स्वास्थ्य क्षेत्रमा छुट्टै महत्व रहेको भन्दै यादवले अस्पताललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने सरकारको लक्ष्य रहेको पनि बताए ।
स्वास्थ्य सेवा ग्रामिणमुखी हुन नसकेको भन्दै उनले सर्वसाधरणको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु सरकारको योजना रहेको बताए ।
मन्त्री यादवले राजनीतिकर्मीले अस्पताल सञ्चालन गरेका कारण स्वास्थ्य क्षेत्रमा बेथिति बढ्दै गएको बताए ।
पूर्वस्वास्थ्यमन्त्री गगन थापाले चुनौतीको रुपमा रहेको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।
शिक्षण अस्पताल जनताको अस्पताल भएकाले जनचाहना अनुसारको काम गर्नको लागि सुझाव पनि दिए ।
अस्पतालका कार्यकारी निर्देशक दिपकप्रकाश महराले अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्