१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लंका प्रिमियर लिग नोभेम्बर १४ बाट सुरु हुँदै, विदेशी खेलाडी एक साता क्वारेन्टिनमा बस्नुपर्ने


0
Shares

काठमाडौं । श्रीलंका क्रिकेट बोर्डको आयोजनामा हुने लंका प्रिमियर लिग नोभेम्बर १४ बाट सुरु हुने भएको छ ।

डिसेम्बर ६ तारिखमा सकिने प्रतियोगिता यसअघि अगस्ट २८ देखि सेप्टेम्बर २० सम्म हुने तालिका सार्वजनिक गरिएको थियो ।

तर कोरोना महामारीका कारण प्रतियोगिता पछि धकेलिएको थियो । श्रीलंका क्रिकेटले प्रतियोगिता आयोजनाको जिम्मा ‘इनोभेटिभ प्रोडक्सन ग्रुप’ लाई दिइएको जनाएको छ ।

५ टिमको सहभागीता रहने प्रतियोगितामा कोलोम्बो, क्यान्डी, गाले, दाम्बुला र जाफ्ना शहरबाट राखिएको छ । प्रतियोगितामा लिग चरणमा २३ खेलहरु हुनेछन् ।

जुन दाम्बुला, पालेकेले र महिन्दा राजापक्षे स्टेडियममा खेलाइनेछ । प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीका लागि अनिवार्य सात दिनको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ ।

कोरोनाका कारण श्रीलंकामा मार्चबाट कुनै क्रिकेट गतिविधि भएको छैन । पछिल्लो पटक कोरोनाको प्रभाव कम भएपछि बोर्डले यो प्रतियोगिता गर्ने तयारी गरेको हो । एजेन्सी