२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश


0
Shares

काठमाडौं । एण्डी मुरे युएस ओपन टेनिसको दोश्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणको खेलमा शानदार पुनरागमनसहित जित निकोका मुरे दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

पहिलो चरणको खेलमा मुरेले योशिहितो निशिओकालाई पराजित गरी युएस ओपनको दोस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

मुरे सुरुका दुई सेटमा पछि परे पनि उनले निशिओकासँगको खेलमा ४–६, ४–६, ७–६ (७–५, ७–६ (७–४) र ६–४ को सेटमा जित निकालेको हुन् ।

हिपको शल्यक्रिया पूर्व मुरेले अन्तिम पटक सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको एकल स्पर्धामा भाग लिएका थिए ।

त्यसपछि उनी पहिलो पटक ग्राण्ड स्लामको एकल स्पर्धामा सहभागी भएका हुन् ।

मुरेले अब दोस्रो चरणमा १५ औँ बरियताका क्यानडियन खेलाडी फिलिक्स अगेर–एलिएसिमीसँग प्रतिस्पर्धा गर्ने छन् । एजेन्सी