२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव बेलायतको जंगलमा भेटियो


0
Shares

काठमाडौं । करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला बेलायतको एक जंगलमा फेला परेको छ ।

मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

मर्निङ वाककै क्रममा उक्त जंगलमा मोरिस दौडने गरेको बुझिएको छ ।

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा सन् २०१६ देखि ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्कनु भएको थियो ।

नेपालपछि बेलायत सरकारले मोरिस्लाई फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिएको थियो ।

तर आफनो कार्याकाल सम्हाल्नु अघि नै उहाँ बेपत्ता हुनु भएको हो । उहाँको मृत्युबारे अनुसन्धान सुरु भएको छ । (एजेन्सी)