
सुनसरी । भारतबाट लागुऔषध लिएर आउँदै गर्दा प्रहरीले सुनसरीको भण्टाबारीबाट एक युवालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर प्रहरीको विशेष टोलीले कोशी गाउँपालिका–८ का २२ वर्षीय सुशील शर्मालाई गएराति पक्राउ गरेको हो ।
साइकलमा भारतबाट लागुऔषध लिएर आउँदै गर्दा शर्मालाई प्रहरीले पूर्व–पश्चिम राजमार्गबाट पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।
उनको साथबाट प्रहरीले लागुऔषध डाइलेक्स डीसी ३३ बोतल, स्पास्मोप्रोक्सिभन पाँच सय २२ क्याप्सुल र नाइट्रोसन एक सय चक्की बरामद गरेको छ ।
कोरोना महामारीको पछिल्लो समयमा बरामद भएको लागुऔषध अहिलेसम्मकै उच्च परिमाणको भएको एसपी थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्