काठमाडौं, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन एकलौटी रुपमा गर्न थालेको भन्दै नेकपाभित्र असन्तुष्टि बढेको छ ।
नीतिगत निर्णय गर्दा पार्टीभित्र परामर्श नगरेको र सरकारका कामको समीक्षा नगरिएकोमा शीर्ष नेताहरु ओलीप्रति असन्तुष्ट भएका हुन् ।
उनीहरुका अनुसार प्रधानमन्त्री ओलीले विभिन्न विधेयक निर्माण, नीतिगत निर्णय, नियुक्ति र सरुवाबढुवामा पार्टीमा परामर्श गरेका छैनन् ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यी विषयमा पार्टीमा छलफल नभएकाले सरकारका निर्णयको स्वामित्व लिन नसकिएको बताए ।
सरकारले विखण्डनको नारा लिएर हिँडेको सीके राउतसँग सम्झौता, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध र विभिन्न विवादास्पद विधेयक ल्याएको थियो । यी कुनै विषयमा प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल नगरेको नेकपाकै नेता बताउँछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्