पाँचथरका ५ वटा स्थानीय तहमा लकडाउन • Image Khabar Image Khabar


पाँचथरका ५ वटा स्थानीय तहमा लकडाउन


Imagekhabar
१२ भाद्र २०७७, शुक्रबार १२:५५

पाँचथरका ५ वटा स्थानीय तहमा लकडाउन

पाँचथर । कोरोना भाइरसको संक्रमण समुदायमा फैलन सक्ने भन्दै पाँचथरका ५ वटा स्थानीय तहमा लकडाउन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्लास्तरीय प्रकोप व्यवस्थापन समिति र स्थानीय तहको छुट्टाछुट्टै बैठकबाट आगामी बिहीबारसम्म लकडाउन गर्ने निर्णय भएको हो ।

फिदिम नगरपालिकामा आजबाट एक हप्ताका लागि लकडाउन गरिएको छ ।

यस्तै तुम्बेवा, कुम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकामा लकडाउन गरिएको छ भने अन्य स्थानीय तहले पनि लकडाउन गर्ने तयारी गरेका छन् ।

विराटनगरबाट सरुवा भएर आएका प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण देखिएको र उनीहरुका माध्यमबाट समुदायसम्म संक्रमण फैलन नदिन लकडाउन गर्नुपरेको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाँइले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्