काभ्रेको बनेपामा ५० शैयाको सुविधासम्पन्न आइसोलेसन • Image Khabar Image Khabar


काभ्रेको बनेपामा ५० शैयाको सुविधासम्पन्न आइसोलेसन


Imagekhabar
११ भाद्र २०७७, बिहीबार १३:२२

काभ्रेको बनेपामा ५० शैयाको सुविधासम्पन्न आइसोलेसन

काभ्रे । कोरोना संक्रमित बढ्दै गएपछि काभ्रेको बनेपा नगरपालिकाले ५० शैयाको व्यवस्थित र सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे लगायतले निरीक्षण गरेपछि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

बनेपाका साथै धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिकामा गरी १ सय ६ बेडको आइसोलेसन सञ्चालनमा छन् ।

काभ्रेमा आइसोलेसन, क्वारेन्टिन लगायतको तयारी पर्याप्त गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्