काठमाडौं, असार ४ । सत्तारुढ दल नेकपाका सांसद एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विभागीय मन्त्रीको हैसियतमा गुठीसम्बन्धी विधेयक फिर्ता लिएपनि प्रक्रिया भने पूरा गर्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा सन्चारकर्मीसित कुरा गर्दै उनले विभागीय मन्त्रीले विधेयक फिर्ता लिनु अस्वाभाविक नभएपनि विधेयक फिर्ताको निश्चित प्रक्रिया हुने भएकाले अब उक्त प्रक्रिया पूरा गर्नुपर्ने बताए ।
पूर्वकानुनमन्त्री तामाङले विधेयक फिर्ता प्रक्रियासम्बन्धी नियमावलीमा स्पस्ट व्यवस्था भएकाले गुठी विधेयक सोही प्रक्रियामार्फत् फिर्ता लिन प्रक्रिया सुरु हुने उल्लेख गरे ।
उनले कुनैपनि विधेयक बनाउँदा प्रयाप्त छलफल र परामर्श गर्नुपर्ने भएपनि त्यो हुन नसकेकाले पछिल्लो समय एकपछि अर्को विधेयक विवादित बन्ने गरेको धारणा राखे ।









प्रतिक्रिया दिनुहोस्