Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकारले जनतालाई दुःख दियो : कमल थापा


0
Shares

काठमाडौं, असार ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाइ बहुमतको वर्तमान सरकारले पनि जनचाहनाअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले राज्यको स्रोत–साधनमाथि कब्जा गरेर सरकारले जनतालाई दुःख दिइरहेको बताए ।

अध्यक्ष थापाले जनतामा निराशा उत्पन्न हुन थालेकाले विकल्प खोज्न थालेकोसमेत दाबी गरे ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले सरकारले धर्म, संस्कृति र परम्परा तोड्न खोजेको जिकिर गरे ।

कार्यक्रममा विभिन्न जिल्लाका राप्रपा संयुक्तका नेताहरुलाई राप्रपा प्रवेश गराइएको थियो ।