
काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गर्ने भएका छन् ।
प्राविधिक संघका पदाधिकारीहरुसँगको एक भेटमा उनले यो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए ।
हमालले आर्थिक अवस्था कमजोर रहेका सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने पनि बचन दिएका छन् ।
संघको प्रस्तावलाई स्विकार्दै हमालले निषेधाज्ञाभन्दा अगाडि सय जना प्राविधिकलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पछि फेरि विमा पनि गरिदिने बचन दिएका हुन ।
केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने तयारी गरेको छ ।
कोरोनाका कारण हजारौं प्राविधिकहरुको रोजीरोटी गुमेको छ । ५ महिनायता चलचित्र सम्बन्धि कुनै कार्य नहुँदा समस्या भएको हो ।




प्रतिक्रिया दिनुहोस्