कञ्चनपुर, असार ४ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आजबाट कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ ।
राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिताको चौथो संस्करण महेन्द्रनगरमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा महाकाली स्पोर्ट सोसाइटीले प्रतियोगिता संचालनको जिम्मा लिएको छ ।
आठ वर्षपछि संचालन भइरहेको प्र्रतियोगितामा एउटा विभागीय र सात प्रदेशको गरी आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
करिब ८८ लाख रुपैंया खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख बजेट विनियोजन गरेको छ भने बाँकी प्रायोजकबाट संकलन गर्ने आयोजक महाकाली स्पोर्ट सोसाइटीले जनाएको छ ।
११ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्