कोरोनाका कारण कांग्रेस नेता रञ्जितको निधन • Image Khabar Image Khabar


कोरोनाका कारण कांग्रेस नेता रञ्जितको निधन


Imagekhabar
९ भाद्र २०७७, मंगलवार १४:१९

कोरोनाका कारण कांग्रेस नेता रञ्जितको निधन

काठमाडौं, भदौ ९ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका एकजना पुराना नेता गोविन्द रञ्जितको मंगलबार निधन भएको छ ।

काठमाडौं वडा नम्बर-२१ कांग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड-१९ पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको थियो ।

मंगलबार बिहान ६७ वर्षीय रञ्जितको निधन भएको परिवारले जनाएको हो ।

विगत ५० वर्षभन्दा बढी समयदेखि नेपाली कांग्रेसको राजनीति गर्नुभएका उहाँ समाजसेवामा पनि संलग्न रहँदै आउनुभएको थियो ।

कांग्रेसका जननायक बीपी कोइराला र सर्वोच्च नेता गणेशमान सिंह भारत प्रवासमा रहँदा उहाँपनि सँगै पार्टीको काममा सक्रिय हुनुहुन्थ्यो ।

उहाँको केही वर्षअगाडि हृदयाघात भएर शल्यक्रिया गरिएको थियो । उहाँको श्रीमती, दुई छोरी र दुई छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्