गाउँपालिकाद्वारा कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद • Image Khabar Image Khabar


गाउँपालिकाद्वारा कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद


Imagekhabar
९ भाद्र २०७७, मंगलवार १३:२०

गाउँपालिकाद्वारा कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरेको छ ।

गाउँपालिकाले प्रति कीलो ५५ रुपैयाको दरले करिव २ लाख रुपैयाको आलु खरिद गरेको हो ।

गाउँपालिकाले आलु खरिद गरेपछि उत्पादन बिक्री नहुने, बारीमै कुहिने र बिचौलीयाहरुले कम मुल्य दिने जस्ता समस्याहरु अन्त्य भएको छ ।

लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको आलुको बजारीकरणमा समस्या भएको भन्दै गाउपालिकोले उपभोक्ताको बारीबाटै पहिलो चरणमा ३६ हजार किलो आलु खरिद गरेको हो ।

कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यले गाउँपालिकाले आलु संकलन गरी कृषि एम्बुलेन्स मार्फत बिक्रि गर्न लागेको गाउपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले किसानहरु लाई प्रोसाहन गर्न आलु पकेट क्षेत्र पनि घोषणा गरेको छ । किसानलाई जागरुक गरेर मल, बिउ निशुल्क प्रदान गरेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्