Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


विश्वकप महिला फुटबल : ब्राजिल र अष्ट्रेलिया विजयी (अपडेट)


0
Shares

फ्रान्स, असार ४ । विश्वकप महिला फुटबलअन्तर्गत गएरातिका खेलहरुमा ब्राजिल र अष्ट्रेलिया विजयी भएका छन् । समूह ‘सी’ को खेलमा ब्राजिलले ईटालीलाई १–० ले हरायो । यही समूहको अर्को खेलमा अष्ट्रेलियाले जमैकालाई ४–१ ले पराजित गर्‍यो । 

गएरातिको जितपछि ब्राजिल पनि प्रि–क्वाटरफाईनलमा प्रवेश गरेको छ । समूहका सबै खेलहरु सकिंदा ईटाली, अष्ट्रेलिया र ब्राजिलको समान ६–६ अंक रहेको छ । गोल अन्तरको आधारमा ईटाली शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा रहे । यी तीनवटै टोलीहरु नक आउट चरणमा पुगेका हुन् ।

महिला विश्वकप फुटबलमा सहभागि २४ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उपविजेताले स्वतः नक आउट चरणमा ठाउँ बनाउछन् । तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट ४ टोली पनि राउण्ड अफ सिक्स्टिनमा पुग्ने प्रावधान छ ।

(यसअघि प्रकाशित समाचारमा सच्याइएको हो ।)