
काठमाडौं, असार ३२ । कृषिप्रधान मुलुक भनिए पनि परनिर्भरता वर्षेनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।
कृषि मन्त्रालयका अनुसार करिब २० लाख टन खाद्य तथा फलफूल विदेशबाट आयात गरी पूर्ति गरिएको छ ।
मन्त्रालयका अनुसार धान, मकै, गहुँ, आलुको माग करिब १ करोड ३९ लाख १२ हजार ३ सय ३५ टन छ । उत्पादन भने १ करोड २१ लाख १४ हजार २ सय ३० टन भएको छ ।
यी खाद्यान्नमा मात्रै १७ लाख ९८ हजार १ सय ५ टन अपुग भएको मन्त्रालयले जनाएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्