सुदूरपश्चिममा गौरा पर्व सुरु • Image Khabar Image Khabar


सुदूरपश्चिममा गौरा पर्व सुरु


Imagekhabar
७ भाद्र २०७७, आईतवार ११:०६

सुदूरपश्चिममा गौरा पर्व सुरु

बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज(आइतबार)देखि शुरु भएको छ ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको विश्वास गरिन्छ ।

सोही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाई पर्वको थालनी गर्दछन् ।

यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गौरस मिसाएर तामाको भाँडामा भिजाउँछन् ।

यी पाँच अन्नलाई बिरुडा भनिन्छ । गौरापर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख साट्ने पनि गरिन्छ ।

गौरामा रोजगारीका लागि घरबाहिर रहेका घर फर्किन्छन् भने विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्