Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सार्क उवासंघको विधान संशोधन समितिको सभापतिमा ढकाल


0
Shares

काठमाडौं, असार ३१ । बंगलादेशको ढाकामा भइरहेको सार्क उद्योग वाणिज्य संघको ७५ औं कार्यसमिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई संघको विधान संशोधन समितिको सभापतिमा चयन गरेको छ ।

संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउन संशोधन गर्न लागिएको बैठकमा जानकारी गराइयो ।