अछाममा बेपत्ता १२ जनाको शव भेटियो, पाँचजना अझै बेपत्ता • Image Khabar Image Khabar


अछाममा बेपत्ता १२ जनाको शव भेटियो, पाँचजना अझै बेपत्ता


Imagekhabar
३ भाद्र २०७७, बुधबार १८:५४

flood

कल्पना बोहरा (इमेज)

अछाम, भदौ ३ । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका १२ जनाको शव फेलापरेको छ ।

बेपत्ता उनीहरुको शव मंगलसेन नगरपालिकाका विभिन्न ठाउँमा फेलापरेको हो ।

बेपत्तामध्ये १५ वर्षीय नविन साउदबाहेक अरुको सनाखत हुनसकेको छैन ।

बाढीमा बेपत्ता भएका पाँचजनाको खोजी भइरहेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभएको छ ।

सोमबार बिहान रामारोशन गाउँपालिकाको सान्तडास्थित सैनीबजारमा पसेको बाढीले कम्तीमा पनि ३० पसलहरु बगेको बताइएको छ ।

कैलाश खोलामा बाढी आइरहेको हुँदा खोजीकार्य गर्न अफ्ठेरो भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्