कोरोनाको समयमा पनि पहिलो महिनाको प्रगति सन्तोषजनक : अर्थमन्त्री • Image Khabar Image Khabar


कोरोनाको समयमा पनि पहिलो महिनाको प्रगति सन्तोषजनक : अर्थमन्त्री


Imagekhabar
३ भाद्र २०७७, बुधबार १५:२३

कोरोनाको समयमा पनि पहिलो महिनाको प्रगति सन्तोषजनक : अर्थमन्त्री

काठमाडौं, भदौ ३ । अर्थमन्त्री डा. युवराज खतिवडाले बहुवर्षीय ठेक्का तथा स्थानीय विकास पूर्वाधार साझेदारीको कार्यक्रमको मापदण्ड तथा कार्यविधिको तर्जुमा गर्ने कार्यमा शीघ्र सहजीकरण गर्न निर्देशन दिनुभएको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनाको समीक्षा गर्दै अर्थमन्त्री डा. खतिवडाले अर्थ मन्त्रालय मातहतका कार्यालयलाई उक्त निर्देशन दिनुभएको हो ।

पुँजीगत खर्च कम हुने गरेको भन्दै उहाँले चालू आर्थिक वर्षमा तोकिएको लक्ष्य पूरा गर्न पनि विषयगत मन्त्रालयसँग सहजीकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले कोरोनाको समयमा पनि पहिलो महिनाको प्रगति सन्तोषजनक रहेको दाबीसमेत गर्दै सार्वजनिक ऋणको समयतालिका शीघ्र स्वीकृत गर्ने तथा कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी निरन्तर विश्लेषण गरी जानकारीमा ल्याउन पनि मातहतका कार्यालयलाई निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्